केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वस्थ आँखाको लागी खार्नैपर्ने यी ६ खानेकुरा

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, शरीरको सबैभन्दा महत्वपूर्ण अंग मध्य आँखा पनि एक हो । आँखामा सामान्य समस्या आउनासाथ हामीलाई बाहिरी दुनियाँ हेर्न समस्या पार्न सक्छ । त्यसैले आँखालाई सधै स्वस्थ राख्न जरुरी छ । त्यसैले जानिराखौँ यसका लागि भान्सामा पाइने केही खानेकुराको नियमित सेवन गर्न आवश्यक छ ।

मेवा– मेवामा हुने ओमेगा फ्याटी एसिड ३ ले आँखा र शरीर दुवैलाई रोग लाग्नबाट बचाउँछ ।

गाजर–गाजर आँखाको लागि फाइदाजनक खानेकुरा हो । यसमा हुने भिटाक्यारोटिनले शरीरमा भिटामिन ए को आवश्यकता पूरा हुन्छ । भिटामिन एले हाम्रो आँखालाई सधैँ स्वस्थ राख्न मद्दत गर्छ ।

एन्टी लेयर स्क्रीन–घण्टौँसम्म कम्युटर, ल्यापटप वा मोबाइलमा बस्ने व्यक्तिले एन्टी लेयर स्क्रीनमा काम गर्नुपर्छ । यसले आँखालाई सुख्खापन र थकावटबाट बचाउँछ ।

अण्डा–अण्डामा पाइने जिंक आँखाको लागि निकै फाइदाजनक हुन्छ ।

फलफूल–भिटामिन सी युक्त फलफूलमा थुप्रै प्रकारका एलिमेन्टस पाइने भएकाले यसले आँखाको पर्दा स्वस्थ राख्छ । हरेक दिन तीन वटा अमिलो फलफूलको सेवन गर्नुपर्छ ।

हरियो सागसब्जी–हरियो सागसब्जीले आँखामा लाग्ने मोतिबिन्दु रोगबाट बचाउँछ । त्यसमा पनि अझ पालकको साग निकै फाइदाजनक हुन्छ ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्