केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हवाई भाडामा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०७, हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि भएको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले आज विज्ञप्तिमार्फत बताएको छ ।

कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ । हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० बढेको छ ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्