केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै

सहयात्रा टिभी

काठमाडौँ । फागुन ८, नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षले आज प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

उक्त जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाँदै छन् । ओलीले सम्बोधन गर्ने विराटनगरको जनसभाका लागि व्यापक तयारी भइरहेको छ । विराटनगर–२ स्थित विराट नरसिङ होमपूर्व जनसभा हुने छ।

जनसभालाई सफल बनाउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि देखि प्रदेशका सांसद र मन्त्री, मुख्यमन्त्री समेत लागिरहेका छन् ।

जनसभालाई सफल बनाउन ओली पक्षको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको छ ।

कमिटीका सदस्यहरू सभास्थलदेखि लिएर जिल्ला जिल्लामा खटिएका छन् । सभामा प्रदेश नम्बर १ बाट १ लाख ३६ हजार बढी मानिसहरू उतार्ने तयारी ओली पक्षले गरेको छ ।

सभामा मानिस जम्मा गर्न १ नम्बर प्रदेशका सबै जिल्लामा बसलगायत अन्य यातायातका साधनहरू तयार गरिएको छ भने मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी ओली पक्षले गरेको छ ।

यस अघि ओली पक्षले काठमाडौँ र बुटवलमा जनसभा गरेको थियो ।

प्रकाशित : 20 February, 2021

प्रतिक्रिया दिनुहोस्