केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरल वातारण भए सरकारसँग वार्ता गर्न तयार छौं : विप्लव

सहयात्रा टिभी

काठमाडौँ । फागुन ८, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज वातावरण बनेमा सरकारसँग वार्ता गर्न आफूहरु तयार रहेको जनाएको छ ।

महासचिव चन्दले एक विज्ञप्ति जारि गर्दै पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।

सरकारले दुई वर्षअघि नेकपा चन्द समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । तर अहिले भने सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको बताएको छ ।

प्रकाशित : 20 February, 2021

प्रतिक्रिया दिनुहोस्