केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । फागुन ८, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुर्नस्थापना हुनसक्ने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको आजको चेतावनीपूर्ण सम्बोधनले संसद पुनस्थापनाको पक्षमा मुलुकमा बढ्दो जनदबाबका रुपमा विश्लेषण गर्न थालिएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे । यसअघि काठमाडौं र बुटवलमा आयोजित आफू पक्षधर नेकपाको आमसभामा पनि प्रधानमन्त्री ओलीले संसद विघटनको विरुद्ध आन्दोलनरत पक्षधर नेकपाको बहुमत रहेको अप्रत्यक्ष स्वीकार गरिसकेका छन् ।

संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको १३ रिट निवेदनमाथि संवैधानिक इजलासमा वहस जारी छ । हालसम्म रिट निवेदकका साथै पक्ष र विपक्ष दुर्वतर्फका अधिवक्ताहरुले वहस गरिसकेका छन् । यस्तै एमिकस क्युरीका सदस्यहरुले समेत धारणा राखिसकेका छन् । संवैधानिक इजलासमा पनि वहुमतले संसद विघटनको विपक्षमा वकालत गरेपछि संसद पुनस्थापनाको सम्भावना बढ्दै गएसंगै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना हुनसक्ने संकेत गरेका हुन् ।

प्रकाशित : 20 February, 2021

प्रतिक्रिया दिनुहोस्