केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानमारमा सुरक्षाकर्मीद्धारा गोली प्रहार: दुई प्रदर्शनकारीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।
शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको बताईएको छ ।

फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागेर एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो । छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो भने त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन अझैँ नरोकिएको बताईएको छ ।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्