केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतवाट खरिद गरिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०९, सरकारले भारतबाट खरिद गरेको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको छ । आज एयर इन्डियाको विमानबाट दिउँसो १ः५९ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईएको हो ।

नेपाल सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो।

पहिलो चरणमा १० लाख डोज आज आएको छ भने बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरीनेछ । उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 21 February, 2021

प्रतिक्रिया दिनुहोस्