केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतको महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक

सहयात्रा टिभी

एजेन्सी । फागुन १०, भारतको महाराष्ट्रमा कोरोना भाइरस महामारीका कारण आज (सोमबार) देखि सबै किसिमका राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम आयोजनामा रोक लगाइएको छ ।

पछिल्लो समय कोरोना संक्रमणको दर बढेसँगै महाराष्ट्रमा भेला हुन तथा कार्यक्रम आयोजनामा रोक लगाइएको हो ।

मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजनमार्फत सम्बोधन गर्दै आगामी केही दिनसम्म राजनीतिक आन्दोलनको लागि समेत अनुमति नदिइने बताए ।

आन्दोलनका कार्यक्रममा मानिसहरुको भीड हुने भएकाले त्यस्ता कार्यक्रमका लागि पनि अनुमति प्रदान नगरिने उनको भनाइ थियो ।

महाराष्ट्रमा कोरोना महामारी फैलन क्रम तीव्र गतिमा भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री ठाकरेले अबको १५ दिनभित्र थप स्पष्ट हुन सकिने बताए ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय औसत तुलनामा महाराष्ट्र, आन्ध्र प्रदेश, गोवा र चन्डिगढमा कोरोना संक्रमणको दर बढी रहेको छ ।

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्