केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रिटन टिकट नभएको खण्डमा यूएईको विमानस्थलबाट र्फकाइयो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, यूएईले भिजिट भिसामा कडाइ शुरु गरेको छ । यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भिजिट भिसामा गएका नागरिकहरुलाई राउण्ड ट्रिप टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ ।

शनिबारसम्म ३ सय ८६ पाकिस्तानी फर्काइएका छन् भने १ सय ५२ जना विमानस्थलमै रहेका छन् । त्यस्तै २ सय भारतीयहरु पनि विमानस्थलमै रोकिएको गल्फ न्यूजले उल्लेख गरेको छ । यूएई भ्रमणमा जाने भारतीय र पाकिस्तानीहरुसँग राउण्ड ट्रिप जहाज टिकट नपाइएका कारण उनीहरुलाई यूएई प्रवेशमा रोक लगाइएको बताईएको छ ।

विमानस्थलमा खाना र पानी दिइएको बताउँदै दुवई अध्यागमन अधिकारीहरुले राउण्ड टिकटको प्रवन्ध गर्न नसक्नेहरुलाई सम्बन्धित विमानबाटै स्वदेश फर्काइने बताएका छन् ।कतिपयलाई शनिबार रातिको जहाजमा फर्काइने बताइएको छ । सो विमानस्थलमा नेपाली अलपत्र परेको या नपरेकोबारे समाचारमा उल्लेख गरीएको छैन ।

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्