केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शाहरूख-दीपिकाको ‘पठान’ ट्रेन्डिङमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, ‘पठान’ अभिनेता शाहरूख खानको प्रतीक्षित फिल्म हो। फिल्ममा लामो अन्तरालपछि शाहरुखसँगै दर्शक दीपिका पादूकोणलाई हेर्न पनि आतुर छन्। तर सन् २०२१ मा रिलिज हुने भनिएको सो फिल्मका लागी सन् २०२२ सालसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ।

२०२१ मै सार्वजनिक हुने भनिएको यो फिल्मको मिति सरेको खबरबारे बलिउडका ट्रेड एनलिस्ट तरण आदर्शले ट्विटमा लेखेका छन्, ‘ब्रेकिङ न्युज ! लामो समयपछि ठूलो पर्दामा देखिन लागेका शाहरूख खान अभिनित फिल्म पठान सन् २०२१ मा होइन, सन् २०२२ मा रिलिज हुनेछ।’ सन् २०१८ को डिसेम्बरमा सार्वजनिक फिल्म ‘जिरो’ पछि शाहरूख खान ठूलो पर्दामा देखिएका थिएनन्। फिल्मलाई निर्देशक आनन्द एल रायले निर्देशन गरेका थिए। झन्डै ३ वर्षको अन्तरालपछि शाहरूख ‘पठान’सँगै ठूलो पर्दामा देखिने भएपछि उनका फ्यान तथा शुभचिन्तकहरू खुशी छन्।

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्