केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१६/१७ वर्षको उमेरदेखि हिमालको तस्बिर खिचेर नेपालको प्रचारमा क्रियाशील बने जगदिश तिवारी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, नेपालको पश्चिमी जिल्ला तनहुँमा जन्मेर १६, १७ वर्षको उमेरमा कुनै काम विशेषले काठमाडौं आईपुगी घुम्दै जाँदा पर्यटकीय स्थल ठमेलमा पुगेपछि उनको ध्यान एउटा पुस्तकमा पर्दछ। खल्तीमा २५ पैसा पनि नभएको ४ दशकअघिको त्यो समयमा १३ हजार रुपैंया मुल्य पर्ने पुस्तक किन्ने क्षमता हुने त कुरै थिएन। तर उनले त्यो पुस्तक सरसर्ती सबै हेर्न भ्याउँछन। नेपालका सबै हिमालका तस्बिर प्रकाशित गरिएको सो पुस्तक जापानी नागरिक सिरोसिराहाताले तयार गरेका रहेछन्। सो पुस्तक हेरेरै प्रभावित भएका जगदिश तिवारीले आफ्नो जीवननै प्राकृतिक सौन्दर्यकासाथै हिमालको फोटो खिच्ने काममा समर्पित गरे।

तिवारीले नेपालको हिमाली क्षेत्रको तस्बिर खिच्नकालागि सयौं पटक बिकट हिमाली क्षेत्रहरुको भ्रमण गरेका छन। उनले हिमालको एउटै तस्बिर खिच्न त्यँहा कयौं घण्टा बिताएको तथा कयौं दिन धाएका छन्। उनले फोटोग्राफीकाक्रममा नेपालका ७७ वटै जिल्लाको भ्रमण गरेका छन। विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको फोटो खिच्नकालागि उपयुक्त मानिएकव पुमोरी हिमालको फेदमा पर्ने ५ हजार ५ सय ४५ मिटर उचाईमा रहेको कालापत्थर फोटोग्राफर तिवारीलाई उपयुक्त स्थान लाग्दछ जहाँ उनि करिब ३७ पटक पुगिसकेका छन्।

फोटोग्राफर तिवारीलाई भेटन बिभिन्न मुलुकका अनुसन्धानकर्ताहरु बेलाबखत आउने गर्दछन। उनले आफूले हासिल गरेका अनुभव नयाँ पुस्तासँगपनि बाँडने गरेका छन। जीवनमा अर्को उदेश्य केही नभएकोले फोटोग्राफी गरेरै जीवन बिताउने उनको योजना रहेको छ। मुलुकको पर्यटन प्रबर्ध्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएका यस्ता प्रतिभालाई उचित प्रोत्साहन गरी अझ क्रियाशील बनाउन सकिएमा मुलुककैलागि उपलब्धिमूलक हुने कुरामा सहमत हुन सकिन्छ। उनको फोटोग्राफी सम्बन्धि पुस्तकपनि प्रकाशित भैसकेको छ। ‘पासिङ बाई नेपाल’ शिर्षकको सो पुस्तक ३ पटक पुन प्रकाशित भैसकेको छ।

 

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्