केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउदी अरेबियाका महिलालाई सेनामा भर्ती हुन अवसर

सहयात्रा टिभी

काठमाडौं । फल्गुन १०, साउदी अरेबियामा महिलालाई पनि सेनामा भर्ती हुन पाईने भएको छ। यसरी महिलालाई सेनामा खुल्ला गरिएको साउदी अरेबिया पछिल्लो मुलुक बनेको हो। सेनामा भर्ती हुन चाहने महिलाहरुले कम्तीमा हाईस्कूल तहसम्म अध्ययन गरेको हुनुपर्छ भने विदेशी पुरुषसंग बिबाह गरेकी महिलालाई सेनामा भर्ती हुन बन्देज लगाईएको बताईएको छ।

सन २०१९ मा सो योजना सार्वजनिक गरिएको थियो। सोही वर्ष साउदी अरेबियाले साउदी महिलाहरुलाई मुलुकबाट बाहिरजान पुरुष नातेदारको अनुमति नचाहिने ब्यबस्था गरेको थियो जसको साउदी अरेबिया र अन्य देशमा ब्यापक बिरोध भएको थियो। साउदी अरेबियामा अब छिट्टै महिला न्यायाधीशको नियुक्त गरिने लक्ष्य राखिएको छ।

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्