केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसरी बदलियो अक्षयकुमारको आफ्नो एक्सन अवतार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, अभिनेता अक्षयकुमारका अनुसार बलिउड यात्रा सुरु गरेको केही वर्षपछि उनलाई आफू एक्सन हिरोको छविमा जकडिएको अनुभव भएको थियो । अक्षय भन्छन्,‘आफ्नो करियरको सुरुवाती दिनमा म केवल एक्सन फिल्ममा अभिनय गर्थें । हरेक बिहान जब म उठ्थें, तब मलाई थाहा हुन्थ्यों कि मैले सेटमा गएर एक्सन सिन सुट गर्नुपर्छ । मलाई यो सम्झदाँ बोर हुन्थ्यो। त्यसपछि केवल एक्सन फिल्ममात्रै गरेर म के गर्दैछु भनेर सोच्न थालें ।’

कसरी कमेडी फिल्म गरेर आफ्ले स्टेरियोटाइप छविलाई बदले भन्ने अक्षयलाई राम्ररी याद छ । उनी भन्छन्, ‘मैले अलग–अलग काम गर्ने कोसिस गरें । त्यतिबेला मानिसहरु तिमीले कमेडी गर्न सक्दैनौं भन्थें । तर, प्रियदर्शनजी र राजकुमार सन्तोषीजीले मलाई कमेडीमा ब्रेक दिनुभयो ।’ चाडैं नै अक्षयको अभिनय रहेको ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदैछ । यसमा उनले एटिएस अफिसर वीर सूर्यवंशीको भूमिका निभाएका छन् । त्यस्तै ‘बेल बटम’ मा उनी ‘रअ’ एजेन्टको भूमिकामा देखिँदै छन् भने ‘पृथ्वीराज’ मा पृथ्वीराज चौहानको भूमिकामा अभिनय गर्नेछन् ।

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्