केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता दाङमा हुने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल मान्यता र उद्देश्य अनुसार भलिवल खेलको विकाससँगै नयाँ प्रतिभाहरूको विकास गर्ने उद्देश्यले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगिता यहि फागुनको १५ गतेदेखि १८ गतेसम्म तुलसपुरको अरनिको मैदानमा हुन थालेको नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले जानकारी दिए । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमहरूले आफ्नो टिममा तीन जना राष्ट्रिय खेलाहरूलाई सहभागी गराउन सक्ने महासचिव चन्दले बताएका छन् । आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा उत्कृष्ट हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव चन्दले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा दोस्रो हुने टिमले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाण, तेस्रो हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्तवना हुने टिमले नगद १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ ।

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्