केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजार २१.१६ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ । हिजो (सोमबार) पनि नेप्से ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको थियो । नेप्सेका अनुसार आज २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको छ भने ८ अर्ब ५६ करोड १५ लाख बरोबरको कारोबार भएको छ । त्यसैगरी, आज कारोबार भएका १२ समूहमध्ये आज ट्रेडिङ बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज दोहोरो अंकले बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्