केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चको फैसलाले जनताको जित भयो : प्रचण्ड-नेपाल

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको बताएका छन् । अदालतको आदेशपश्चात प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशियाली मनाएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्ने निर्णय गरेसँगै अध्यक्ष नेपालले जनताको जित भएको बताएका छन् । अध्यक्ष नेपालले संविधानका प्रावधानलाई मिचेर प्रधानमन्त्रि केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उल्लेख गर्दै अदालतले संवैधानिक अपेक्षा र जनभावनाअनुसार निर्णय गरेको बताएका छन् । अध्यक्ष नेपालले अदालतको फैसला अत्यन्तै प्रशंसनीय र ऐतिहासिक भएको भन्दै यसबाट लोकतन्त्रको रक्षा भएको उल्लेख गरे ।

 

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्