केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं भ्युटावर बन्यो चौंथो तला

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, खुलामञ्चमा अतिक्रमण गर्न छुट दिएको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिका यतिबेला खुलामञ्च खाली गर्न प्रयासरत छ । तर, खुलामञ्चको एक तिहाई हिस्सा ओगटेको बसपार्क कता सार्ने त? विकल्प खोजीरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन । बरु पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरुलाई नयाँ बसपार्क पठाउन छलफल गरिरहेको बताईएको छ ।

अहिले भने महानगर र निर्माण कम्पनी जलेश्वर–स्वच्छन्द बिकोइ दुबै टावर तयार भएपछि मात्र बसपार्क सार्न सकिने बताउन थालेका छन् । २०७२ साल कात्तिक २५ देखि निर्माण सुरु भएको टावर ३ वर्षभित्रै बनिसक्नुपर्ने थियो, तर बल्लबल्ल चौंथो तला पुगेको छ । टावर समयमै नबनाउने अनि वर्षौंसम्म खुलामञ्चमै बसपार्क राख्ने अवस्था देखिएको छ । खुलामञ्चमा अस्तब्यस्त बसपार्क चलाउँदा महानगरपालिकाले सार्वजनिक क्षेत्रको संरक्षण र सरसफाइमा उदाशीन बनेको आरोप खेपिरहेको छ । सम्पदाप्रेमी र वातावरणविदहरु खुलामञ्चमा गरिएको ढलान हटाएर घाँसे मैदान बनाउन माग गरिरहेका छन् । यहीबेला ‘काठमाडौं भ्युटावर’मा चौंथो तलाको काम हुँदैछ । काम सुरु गराउँदा महानगरले टावरको तीन तला ९बेसमेन्ट०को काम सक्नासाथ बस टर्मिनल बनाएर खुलामञ्चको बसपार्क सार्ने भनेको थियो । उसले यही टावर बनाउन बसपार्कलाई खुलामञ्चमा सारेको थियो ।

 

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्