केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परीक्षा उत्तीर्ण भएको महिना दिन भित्रै लाइसेन्स

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ। ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले बताएको छ। अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ।

मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन्। तत्कालका लागि तिनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ। विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन्। विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ।

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्