केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा बर्डफ्लु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो ।

यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उहाँका अनुसार अहिले सो ठाउँलाई पूर्ण निः सङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्