केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चोरी भएको कुकुर खोजी गरिदिनेलाई ५ करोड बढी इनाम

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १५, हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला भएको छ । लस एन्जलसमा लेडी गागाको कुकुर घुमाउने व्यक्ति रायन फिशरमाथि एक व्यक्तिले गोली हानी लेडी गागाका दुई फ्रेन्च बुलडग्स चोरी गरेका छन् । रायनलाई यो हमलापछि अस्पताल लगिएको छ जहाँ उनको स्थिती स्थिर बताइएको छ ।

लस एन्जेलस प्रहरी विभागले एक व्यक्तिलाई राती १० बजे आसपास गोली हानिएको जानकारी दियो । प्रहरीका अनुसार गोली हान्ने व्यक्तिले त्यसपछि दुई फ्रेन्च बुलडग्सलाई आफ्नो सेडान गाडीमा लिएर गए । गागाका प्रवक्ताले उनका दुई बुल डग कोजी र गुस्ताव हराइरहेको पुष्टि गरे । गागाले कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई इनाम स्वरुप ५ लाख डलर अर्थात् ५ करोड ७८ हजार दिइने घोषणा गरेकी छिन् । गागा हाल रोममा छिन् र उनी नयाँ फिल्म प्रोजेक्टको तयारी गरिरहेकी छिन् । उनले फिल्म ए स्टार इज बर्नमा आफ्नो अभिनय कला प्रमाणित गरिसकेकी छिन् । यो फिल्ममा उनी ब्रेडली कूपरसँग देखिएकी थिइन् र फिल्मको गीत शेलोका लागि उनले ओस्कर अवार्ड पनि हात पारेकी थिइन् ।

 

प्रकाशित : 27 February, 2021

प्रतिक्रिया दिनुहोस्