केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साइकल चढ्ने विद्यार्थीले पाउने भए २५ प्रतिशत छात्रवृत्ति

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए । यो अभियानले पर्यावरणीय सन्तुलनसँगै इन्धनको समेत बचत हुने सुवेदीको विश्वास छ । क्याम्पस प्रमुख सुवेदीका अनुसार साढे ४ सय विद्यार्थी अध्ययनरत सिद्धपाइला क्याम्पसमा ४(५ जना विद्यार्थीले मात्रै साइकल चढ्ने गरेका छन् । ‘विद्यार्थीलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न र वातावरण प्रदूषण कम गर्न हामीले यो अभियान थालेका हौ‌‌,’ क्याम्पस प्रमुख सुवेदीले भने, ‘विद्यार्थीबाट सुरू भएको यो अभियानबाट आमनागरिकले पनि सिक्ने छन्, त्यसैले साइकलमा क्याम्पसघर जाने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं ।’

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्