केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कमलपोखरीमा सुरु गरीएको सिमेन्टको संरचना भत्काई सिमसार क्षेत्र जोगाउन अपील

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, सिमसार क्षेत्र कमल पोखरीको प्राकृतिक स्वरुप बिग्रने गरी बनाइएका कंक्रिट संरचना अभियन्ता र नागरिक समाजका प्रतिनिधिहरुले भत्काइदिएका छन् । सर्वोच्च अदालतमा पोखरीबारे परेको मुद्दा विचाराधिन रहेकै अवस्थामा रातारात पोखरीको बिचमै पाँच वटा र अरु स्थानमा समेत ठेकेदारले सिमेन्टले ढलान गरेकामा सरोकारवालाहरुले भत्काइदिएका हुन् । त्यसै शिलशिलामा पोखरीमा अभियन्ता, नागरिक समाज तथा स्थानीयबीच र प्रहरी बीच सामान्य झडप समेत भएको थियो ।

उनीहरुले काठमाडौ महानगरपालिकाका मेयर र सरकारविरुद्ध पनि नारावाजी गरे । अभियन्ता र नागरिक समाजका प्रतिनिधिहरुले सिमसार कमलपोखरीको अस्तित्व बचाउन सबैमा अपील गर्दै अदालतमा विचाराधिन मुद्दालाई सम्मान गर्दै निर्माण कार्य तत्काल रोक्न आग्रह गरे । पोखरीको जैविक माटो निकालेर पोखरीको बीच सेरामिकको कमल फूलसहित फाउन्टेन र बीचको अन्य ठाउँमा कंक्रिटको फोहरा राख्ने तयारी गरिएपछि सम्पदा संरक्षकहरु आन्दोलनमा जुटेका हुन् ।

 

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्