केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जाँदै

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज पोखरा जाने भएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् ।

आजै उनले नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

सोही क्रममा उनले पोखरा रंगशालाको पनि निरीक्षण गर्ने भएका छन् । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीले चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय फुटबल रंशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने छन् ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्