केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इटलीमा फेला पारे २,००० वर्ष पुरानो रथ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, पुरातत्त्वविद्‌ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ सार्वजनिक गरेका छन्। एउटा तबेलानजिक चारपाङ्ग्रे रथ फेला पारिएको छ जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए। सो रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास रहेको छ।

पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो। ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन्। पुरातत्त्विद्‌हरूका अनुसार उत्खननका क्रममा ज्यानुअरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्