केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पशुपति मन्दिर शिवरात्रिदेखि पूर्ण रुपमा खुला

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला रहने भएको छ । अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चैत ११ गतेपछि भने लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो । यस सालको पुस १ गतेदेखि मन्दिर खुला गरिएको हो । तर अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्र पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका मात्र खुला गरी दुई वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । अब यही फागुन २७ गतेपछि भने पहिलेजस्तै पश्चिम र उत्तर ढोका खुला हुने र बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म मन्दिर खुला हुने कोषले जनाएको छ ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्