केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि जाडोयाम समाप्त

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि-मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि-मनसुन ‘सिजन’ शुरु भएको बताएको छ भने अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि-मनसुन मे महिनासम्म चल्ने गर्छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि-मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्