केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिम कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सम्पन्न गरीएको छ ।

झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको ३.४ किलोमिटर र १०.०७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजनाको २.९ किलोमिटर सुरुङ निमार्णको काम सकिएको छ । १५.३३ मेगावाट क्षमताको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम पनि सकिएको छ । बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन ६५ मेघावाट क्षमताको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिन लागेको हो ।

सन २०१७ देखि निर्माण सुरु भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भूगोलले साथ नदिँदा निर्माण कार्यमा ढिलाइ भएको आयोजना कम्पनीले जनाएको छ । आयोजनाको पावर हाउस निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडानको काम भइरहेकोे छ । टनेल निर्माणलाई अन्तिम रूप दिनुका साथै पावर हाउसमा विद्युतीय उपकरण जडानको काम भइरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारले बताए । उनले भने ३८.४६ मेगावाटको अपरकालंगामा टनेल फिनिसिङको काम भइरहेको छ । १५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको सबै काम सकिएको छ । अब यही चैतमा परीक्षणको तयारीमा छौं ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्