केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ लाख तिरे कुर्चीमा नाम: गौतमबुद्ध रंगशाला

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्चीमा नाम लेखाउन पाउने व्यवस्था गरीएको छ । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने बताएके छ ।

यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब संकलन हुने अनुमान गरेको छ ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्