केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आगामी वर्ष डबल डिजिटमा आर्थिक वृद्धिदर हुने प्रधानमन्त्री ओलीको दावी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष डबल डिजिट (दोहोरो अंक)मा आर्थिक वृद्धिदर हुने बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकार विकासका काममा निरन्तर लागिरहेकाले आगामी आर्थिक वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हुने बताउनुभएको छ । उहाँले दिगो विकासको लक्ष्य २०३० भन्दा अगाडी नै पूरा गर्ने पनि जानकारी दिनुभयो ।

प्रदेश प्रशिक्षण भवन समयमै सकिने बताउँदै प्रधानमन्त्री ओलीले भवन बनेपछि दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभएको छ । ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ । भवन निर्माणका लागि यो वर्ष साढे ६ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ । ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा बन्न लागेको भवनमा व्यवस्थित पार्किङ, मल्टिपल मिटिङ हल, क्लास रुम, डाइनिङ हलसहित ३३ कोठा हुनेछन् ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्