केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई दलको उपनेताबाट हटायो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, नेकपा प्रचण्ड-नेपाल समूहले सुवास नेम्वाङसहित सात जनाविरुद्ध कारवाही गरेको छ भने पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय समिति बैठकले उपनेताबाट नेम्वाङलाई हटाउने निर्णय गरेको हो । नेम्वाङलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न पनि निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए । नेम्वाङसँगै नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरिएको छ । बैठकले सचेतक शान्ता चौधरीलाई पनि पदमुक्त गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्