केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हेटौँडामा सात अर्ब दुई करोड लागतमा औद्योगिक क्षेत्र विस्तार

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, संघीय सरकारले बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । संघीय सरकारले करिब रु सात अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको बताएको छ । सरकारले हेटौँडा उपमहानगरपालिका वडा १३ र १४ मा पर्ने औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । हेटौँडा बजारभन्दा तीन किलोमिटर पश्चिममा पर्ने नयाँ औद्योगिक क्षेत्रको पूर्वमा मयुरधाप, पश्चिममा कालापानी, उत्तरमा रातोमाटे डाँडा र दक्षिण उत्तरपानी चुरे वन क्षेत्र पर्दछ ।

सो औद्योगिक क्षेत्र स्थापनापश्चात् नयाँ उद्योगसँगै विशेष गरी काठमाडौँका विभिन्न घनाबस्तीमा रहेका विभिन्न उद्योग कलकारखानालाई स्थानान्तरण गर्ने उत्तम विकल्पकोसहितको औद्योगिक क्षेत्रको रुपमा विकास हुने अपेक्षा गरिएको हेटौँडा औद्योगिक क्षेत्रका व्यवस्थापक र कँडेलले जानकारी दिए ।

मयुरधाप औद्योगिक क्षेत्रभित्र विसं २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापनासमेत गरिएको थियो । एउटा उद्योगलाई आवश्यक पर्ने सबै खाले कर, उद्योग, भन्सारलगायत अन्य आवश्यक कार्यालयको सेवा कार्यालयसमेत सोही औद्योगिक क्षेत्रभित्र स्थापना गर्ने परिकल्पनासहित मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ ।

विसं २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३०० बिघा क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । औद्योगिक क्षेत्रमा पुर्वाधार स्थापनापश्चात् सातदेखि १४ रोपनीको आकारमा ६२ औद्योगिक प्लटको औद्योगिक परिसरमा करीब पाँच दर्जन बढी उद्योग प्लान्ट राख्न सकिने गरी योजना तयार गरिएको छ ।

औद्योगिक क्षेत्रपरिसरमा ६२ औद्योगिक प्लट छुट्याइएको छ भने छुट्याइएको प्रत्येक प्लटमा सातदेखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको बताईएको छ । चालु आर्थिक वर्ष ०७७/०७८ भित्रै मयुरधाप औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याकङ्नसम्बन्धी अध्ययन कार्य सम्पन्न गर्ने गरी काम अन्तिम चरणमा पु¥याइएको हो ।

 

 

 

 

 

 

प्रकाशित : 6 March, 2021

प्रतिक्रिया दिनुहोस्