केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उद्योग सङ्घद्धारा औद्योगिक राहत कोष स्थापना

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, उद्योग सङ्घ चितवनले उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले औद्योगिक राहत कोषको स्थापना गरिएको हो ।

सङ्घका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताउनुभयो । उनले भने, “कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिनेछ ।” कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम रु ५० लाखसम्म मात्रै उपलब्ध गराइने उहाँले बताउनु भयो।

अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । हालसम्म कोषमा रु २० लाख जम्मा भइसकेको छ । कालिका र खैरहनी नगरपालिकाले रु ५/५ लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ ।

भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनः सञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । सङ्घका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत् पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो। उनले भने, “नेपालमा पहिलोपटक हामीले यो अभियान शुरु गरेका छौँ ।”

कोषबाट सहयोग लिने उद्योगले अनिवार्यरुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ । यस्तो सहयोग रकम बीमाबाट पाएपछि पुनःकोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । उद्योगी मदन पोखरेलले जिल्लामा विपत्का कारण वर्षेनी उद्योगमा क्षति हुने गरेको र कतिपय उद्योग तत्काल पूँजीको अभावमा सञ्चालन गर्न नसकेर बन्दै भएको अवस्थासमेत रहेको बताए ।

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्