केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अटो ट्याम्पोलाई क्युआर कोड वितरण

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०१, डिजिटल नेपाल अभियानअन्तर्गत विराटनगरका अटो ट्याम्पोहरूलाई क्युआर कोर्ड वितरण गरिएको छ । विराटनगरस्थित नोवेल अस्पताल चोकमा एनसीसी बैंकले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अटोहरूलाई क्युआर कोर्ड वितरण गरेका हुन् ।


कार्यक्रममा गभर्नर अधिकारीले नगद अधिकांश विकृतिको जड भएको र भ्रष्टाचारको कारक पनि भएकाले नगदरहित समाज बनाउने सरकारको तयारी रहेको बताए ।

उनले नगद कारोबार गर्दा विभिन्न खालका समस्याहरू आउने भएकाले झन्झटरहित डिजिटल माध्ययमबाट कारोबार गर्न उनले आग्रह गरे । कार्यक्रममा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल, बैंकका प्रदेश कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेलगायतले क्युआर कोर्ड वितरण अभियानलाई निरन्तर सञ्चालन गर्दै डिजिटल नेपाल बनाउने सरकारको अभियानलाई सघाउने बताए ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्