केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बीबीसीका पत्रकार रिहा

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९,म्यानमारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा भएका छन् । मार्च १९ मा सादा पोशाकमा आएको प्रहरीले पक्राउ गरेका बीबीसीका पत्रकार औङ थुर रिहा भएका हुन् । उनलाई राजधानी शहर न्यपेतबाट पक्राउ गरेको थियो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि हालसम्म ४० जना पत्रकार पक्राउ परिसकेका छन् । यसका साथै सेनाले पाँच मिडिया कम्पनीको लाइसेन्स पनि खारेज गरिदिएको छ ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्