केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०९, आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धक अशोक लेलैण्डले एक कार्यक्रमको आयोजना गरी उर्लाबारी नगरपालिकालाई सुविधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार यो दमकल नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

आईएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा र नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले नगरपालिकालाई दमकल हस्तान्तरण गरेका हुन् । दमकल हस्तान्तरण कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर फागो, उपप्रमुख लक्ष्मी देवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

दमकलले आफ्नो नगरपालिकासहित अन्यत्र जहाँ आगलागिका घटनाहरु हुन्छन् त्यहाँ जति सक्दो छिटो पुगेर नियन्त्रणका लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता उनले जनाए । खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई उनले निर्देशन पनि दिएका छन् ।

प्रकाशित : 22 March, 2021

प्रतिक्रिया दिनुहोस्