केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसारकै सबैभन्दा धनी गाउँ जाहाँ हरेक परिवार करोडपति

सहयात्रा टिभी

काठमाडौं । चैत्र १२, संसारका कति देश विभिन्न कारण चर्चित छन् । यदि चीनको कुरा गर्ने हो भने चीन हरेक क्षेत्रमा अगाडि रहेको छ ।

यहाँको प्राविधि धेरै अगाडि छ भने गाउँ पनि धेरै धनी छन् । हालै चीनको एक गाउँको बारेमा यस्ता चर्चाहरु भए कि जुन कुरा सुनेर विश्वास गर्न मुश्किल छ । विदेशी सञ्चारमाध्यमका अनुसार सुपर भिलेज नाम गरेका गाउँका हर व्यक्तिको खातामा १ करोड ५० लाख भन्दा बढी रुपैयाँ रहेको छ ।

डेलीमेलका अनुसार यस गाउँका हर व्यक्तिसँग भव्य घर, लक्चरीयस गाडी छ । चीनको जियांगसु प्रान्तको वाक्शी गाउँ दुनियाँको सबैभन्दा धनी गाउँ हो ।

दुनियाँका सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति यो गाउँ सुपर भिलेजको नामले दुनियाँभर चिनिन्छ । यस गाउँमा हेलिकप्टर, ट्याक्सी र पार्क पनि छ ।

यस गाउँमा चम्किला सडक छन् । आकाशमा उडान भरिरहेका हेलिकप्टर देखिनु सामान्य मानिन्छ । उक्त गाउँ सधै धनी भने होइन । एक समय थियो यहाँका मानसिहरु एकदमै गरीब थिए ।

गाउँलाई प्रगतिको शिखरमा पुर्याउने श्रेय भने कम्युनिष्ट पार्टीका स्थानीय सेक्रेटरी बू रेनाबोलाई जान्छ । रेनाबोले यो गाउँको विकासको खाका कोरेका हुन् । उनले कम्पनीको गठन गरेर सामूहिक खेतीको अवधारण ल्याएका थिए ।

अहिले यो गाउँ करोड डलरको कारोबार गर्ने कम्पनीमा गनिन्छ । जहाँ स्टिल र सिपिगं कम्पनीहरु छन् ।

दुनियाँका सबैभन्दा धनी गाउँ, हरेक परिवार करोडपति गाउँका सबै घर एकै डिजाइनका छन् । धेरै कोठाहरु छन् । देख्नमा यी घर कुनै होटल भन्दा कम छैनन् । २०११ मा गाउँका मानिसले यस गाउँको ५० औं वर्षगाँठ एक अग्लो गगनचुम्बी भवन बनाएर मनाएका थिए ।

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्