केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोमको नयाँ “खुशीको उडान” योजनामा बैंकक जाने होईन त !

सहयात्रा टिभी

डोटी । चैत्र १९, डिशहोमले आम नेपालीको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरुलाई अझै गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको जनाएको छ । यस योजनाले सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्ने व्यवस्था डिशहोमले मिलाएको छ । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

यस्तै, लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको ऋब्क् क्ष्म् को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात यहि चैत २६ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमाहरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिने डिशहोमले जनाएको छ ।

 

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्