केपी ओली प्रचण्ड माधव नेपाल


माधव नेपाल समूहद्धारा विस्तार अभियान भोलि घोषणा गर्ने

sahayatra
On : 2 April, 2021

काठमाडौं । चैत्र २०, नेकपा एमालेको माधवकुमार नेपाल समूहले संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धी अभियान भोलि शनिबार घोषणा गर्ने भएको छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुद्धारा शुक्रबार बसेको बैठकले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको बताईएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेताद्धय भुसाल र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए भने उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यही कारबाही गरेका थिए । नेपाल समूहका नेताहरुले भने कारबाहीको कुनै अर्थ नहुने बताउँदै आएका छन् ।

नेपाल समूहका नेताहरुको बैठकमा चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्