केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज हुने माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकिएको बैठक केही नेताहरू उपत्यका बाहिर रहेको कारण देखाउँदै माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

अर्को बैठकको मिति तय भइ नसकेको स्थायी कमिटी सदस्य गणेश साहले बताए । स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले बताए ।

‘ समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले जानकारी गराउँनु हुनेछ,’ साहले भने ।

कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।

शनिबार नै समर्थन फिर्ता लिए तत्कालै राजीनामा दिने प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएपछि ओली इतरका राजनीतिक दल ओलीलाई अविश्वासको प्रस्ताव लगेर संसदमा फेस गर्न बाध्य पार्ने रणनीतिमा छन् ।

तर, अविश्वासको प्रस्ताव अघि बढाएमा ओलीले राजीनामा दिने वा त्यसअघि नै संसद अधिवेशन अन्त्य गर्न सक्ने विकल्प रहेको बताइन्छ । ओलीले राजीनामा संविधानको धारा ७६ मा भएका विभिन्न विकल्पहरूको सरकार बन्ने बाटो खुल्ला हुनेछ ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्