केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कांग्रेसको सदस्यता बुझाउने म्याद थपियो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, आगामी भदौ ७ देखि १४ औं महाधिवेशनको कार्यतलिका सार्वजनिक गरेको नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरीएको छ ।

यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको कांग्रेसले ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको छ । थप गरिएको समयअनुसार जिल्लाले यही चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्नेछ रहेको छ।

आगामी वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने कांग्रेसले बताएको छ भने क्रियाशील सदस्यताको अन्तिम सूची सभापतिलाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने कार्यतालिका बनाइएको कांग्रेसले जनाएको छ ।

 

 

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्