केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अध्ययनमा मन जानेछ । शुभचिन्तकहरुको साथ र सहयोगले मनको डर उत्साहमा परिणत हुनेछ । व्यापार व्यवसायका क्षेत्रबाट लामो यात्रा गर्ने अवसर जुट्ला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक समस्याले अल्झाउन सक्छ । सन्तानबाट खुसीका कुरा सुन्न पाइएला । सोचेका कामहरु पुरा गर्न सकिनेछ । धार्मिक काममा मन जाला । अध्ययनमा समय दिन नसकेपनि नतिजा सकारात्मक देखिएकोछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
धैर्यले काम बन्नेछ, वादविवादमा अघि नसर्नुहोला। साथीभाईहरुको साथले हौसला बढ्नेछ । प्रिय व्यक्तिसँग भेट हुनाले मनमा हर्ष जाग्नेछ । परिवारमा समय दिन सकिएला । आम्दानिमा वृद्धि हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आलोचकहरुद्धारा सावधान रहनुहोला । पहिलेका गल्तिलाई सच्याउन सकिनेछ । ठूलाबडाको सुझावलाई ध्यान दिएर काम गर्दा फाइदा हुने देखिन्छ । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। अवसरले उत्साह जगाउनेछ। अध्ययनमा मन जानेछ । धैर्य गर्न नसक्दा बनेको काम पनि बिग्रन सक्छ, होसियार रहनुहोला । धार्मिक यात्रामा संलग्न भइएला । प्रिय व्यत्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा फाइदा हुनेछ । दाजुभाईबाट साथ र सहयोग पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध कसिलो बन्दै जानेछ । सामाजिक काममा समय वित्ला । बोलिवचनमा ध्यान दिनुहोला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा फाइदा हुनेछ । सोचेको काम पुरा हुनेछ । दिगो फाइदा हुने काममा संलग्न भइएला । जिम्मेवारी बढ्नुको साथै अनावश्यक खर्चमा समेत वृद्धि देखिएको छ । वैदशिक यात्राको लागि राम्रो अवसर छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। तर आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। सामाजिक काममा व्यस्त हुनुपर्दा आफ्नो व्यक्तिगत काम पुरा हुन नसक्ला । स्वास्थ्यमा समस्या देखिन सक्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति अनुकुल रहनेछ । भाग्यले साथ दिने हुँदा सोचेको काम सजिलै पुरा हुनेछ । सुखदुखमा साथ दिनेहरु प्रसस्त फेला पर्ने छन् । टाढाको आफन्तसँगको भेटले मनमा हर्ष जाग्नेछ । नयाँ सम्बन्ध गाँसिने सम्भावना छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा खर्चिलो र कष्टपूर्ण हुन सक्छ। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला पनि थपिदिन सक्छ। आम्दानिमा भने वृद्धि हुनेछ । नयाँ साथी बनाउन सकिनेछ । मिष्ठान्न भोजनको योग छ । मेहनेतले सोचेको काम पुरा गर्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। आफ्ना लागि फाइदा भए पनि गरेको कामले विवादमा तान्न सक्छ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मनले चाहेको मानिससँग नजिक हुन सकिनेछ । आमाबुबाको लागि केहि गर्ने अवसर पाइएला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ।अध्ययनमा प्रगति हुनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्