केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
इष्र्या गर्नेहरुबाट सजग रहनुहोला । काममा बाधा पु¥याउनेहरु प्रसस्त भेटिनेछन्, सतर्कतापूर्वक काम गर्नुहोला । गोप्य योजनाहरु कतै चुहावट नगुर्न होला । प्रिय व्यक्तिको साथ र समर्थनले लक्ष्यमा भने पुग्न सकिनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। नजिकको मित्रसँगको भेटघाटले मित्रता घनिष्ठ बन्दै जानेछ । रमाइलो यात्राकाविचमा अविस्मरणीय घुमफिर र भेटघाट होला । परिवारलाई समय दिन सकिनेछ । मिष्ठान्न भोजनको योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
लक्ष्य प्राप्तिका लागी कडा मेहनेत गर्नुपर्ला । सोचेको काममा बाधा भए पनि सफलता भने हात लाग्नेछ । अध्ययनमा मन नजाला । सामाजिक काममा संलग्न हुने अवसर छ । प्रेमी प्रेमीकाविचको सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिबन्धले नियमित काममा समेत बाधा पुग्न सक्छ, सजग रहनुहोला। रमाइलो घुमफिर गर्ने अवसर प्राप्त होला । आम्दानिमा वृद्धि हुनुको साथै खर्च पनि बढ्ने देखिन्छ । लामो समय छुटेका मित्र तथा आफन्तहरुसँग भेट हुनेछ । प्रेम सम्बन्धमा देखिएको असमझदारी हट्दै जानेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। समय अनुकुल नै रहनेछ । पारिवारिक सहयोगबाट सोचेको काम पुरा हुनेछ । सन्तानको प्रगतिले मनमा हर्ष जगाउने छ । अध्ययनमा समय दिन नसकिएला । नयाँ सम्बन्ध गाँसिने योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
बलजफ्ती गर्ने बानीले विवादमा परिने सम्भावना देखिन्छ। मिष्ठान्न भोजनको योग छ । चोटपकटक लाग्न सक्ने योग भएकाले सतर्क रहनु होला । परिवारलाई समय दिन सकिनेछ । खर्चमा वृद्धि भए पनि आवश्यकता पुरा हुनेछन् ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार र प्रतिष्ठा प्राप्त हुने काम हातलागी हुनेछ। प्रेम प्रस्तावबाट सकारात्मक प्रतिकृया प्राप्त हुने हुँदा मनमा हर्ष जाग्नेछ । दिदि बहिनीबाट सहयोग पाइनेछ । लक्ष्यमा पुग्न निकै मेहनेत गर्नु पर्ला । अध्ययनको क्षेत्रबाट सकारात्मक नतिजा प्राप्त हुनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अध्ययनमा धेरै समय दिन नसकिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। धार्मिक काममा मन जाला । धार्मिक यात्रा गर्ने अवसर समेत पाइने योग छ । आफन्तहरुसँगको जमघटले दिन मनोरञ्जनात्मक ढंगबाट बित्ला । सन्ताने प्रगतिको खबर सुन्न पाइनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिग्रिएको प्रेम सम्बन्धमा सुधार हुँदै जानेछ । पहिले दिएको वचन पूरा गर्न नसक्दा भने आलोचकहरू देखापर्नेछन्। वादविवादमा फस्न सकिने सम्भावना छ, वोलि वचनमा ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसकिएला । श्रीमान श्रीमतिविचको सम्बन्धमा प्रगाढता बढ्दै जानेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। चल-अचल धन हातलागी हुनेछ। पुरानो प्रेम सम्बन्धको सम्झनाले मनमा खिन्नता ल्याउन सक्छ । नयाँ साथी बनाउने अवसर प्राप्त होला । मन पराएको मानिससँग नजिक हुन पाइने अवसर छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आँटले काम बन्नेछ भने साथ दिनेहरू पनि प्रशस्तै फेला पर्नेछन्। आफन्तहरुसँग छुटिनु पर्दा मनमा केहि खिन्नता होला । सोचेको काम पुरा हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनुको साथै सम्बन्ध गाढा बन्दै जानेछ । नसोचेको मानिसबाट प्रेम प्रस्ताव आउला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
परिवारमा समय दिन सकिनेछ । खर्चमा वृद्धि हुनुको साथै परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । समाज सेवा गर्ने अवसर पाइएला । सन्तानको प्रगतिको खबर पाइनेछ । वैदेशिक क्षेत्रबाट आम्दानि हुने देखिन्छ ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्