केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागमती प्रदेशसभाको बैठक आज दिउँसो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, आज दिउँसो एक बजे बागमती प्रदेश सभाको बैठक बस्दै छ भने बैठकको कार्यसूचीको अन्तिम टुंगो भने अझै लागिसकेको छैन । बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले बताएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन । बैठकको मिति तोकिए पनि पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको थियो ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्