केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसियाकै साताको उत्कृष्ट खेलाडी बन्न सफल: किरण चेम्जोङ

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बन्न सफल भएका छन् । अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन् ।

किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाए। दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे । उनले २०.७२ प्रतिशत भोट प्राप्त गरे । तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए । एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । नेपाललाई उपाधि दिलाएको दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्