केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मञ्चमै झगडा भएपछि श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ। आइतवार पुष्पिका डिसिल्भाले ‘मिसेस् श्रीलङ्का’को उपाधि जित्न सफल भएकी थिइन्। केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्।

सम्बन्ध विच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ रहेको थियो। तर उनको सम्बन्ध विच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घोषित गरेका थिए। तर सन् २०१९ की विजेता क्यारलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्रतिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खोसिन्।

मिसेस श्रीलङ्काका राष्ट्रिय निर्देशकले बीबीसीसँग मङ्गलवार डिसिल्भालाई ताज फिर्ता दिइने बताए। मिसेस श्रीलङ्का उक्त देशको प्रमुख सौन्दर्य प्रतियोगितामध्ये एक हो । यसपालि देशका प्रधानमन्त्रीकी पत्नी पनि अतिथिका रूपमा उपस्थित थिइन्।

स्रोतः बीबीसी

 

 

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्