केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली बजारमा सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तैगरी तेजाबी सुन तोलामा ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

 

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्