केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लकडाउन तोडेको खण्डमा ३०० पटक उठ्बस् गराउदा युवकको भयो मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, फिलिपिन्सको मनिलाको एउटा प्रान्तमा गत बिहिबार २८ वर्षका डेरेन पिउने पानी किन्न बेलुका ६ बजे निस्किदा लकडाउनको नियम तोड्यो भन्दै उनलाई पक्राउ गरि करीब ३०० पटक उठ्बस् गर्न लगाइयो जसका कारण उनको ज्यान नै गयो । उक्त मामिलामा प्रहरीमाथि दबाब बनेको छ ।

फिलिपिन्समा कोरोना भाइरस महामारीका कारण निकै अफ्ठेरो स्थिति सृजना भएको छ । ६ अप्रिलसम्म यो देशमा ८ लाखभन्दा बढी संक्रमित थिए र यहाँ यो महामारीका कारण हालसम्म १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्