केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी परित्याग गर्ने चार मन्त्रीको सांसद पद पनि नरहने

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद नरहने भएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने जनाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवायलाई पत्र पठाई एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था रहेको छ ।

 

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्