केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदूषित हावाले क्यान्सरसमेत हुन सक्छ : स्वास्थ्य विज्ञ

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, काठमाडौं लगायत देशका धेरै जिल्लामा वायु प्रदूषण निकै बढिरहेको छ । वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।

आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी हुने, घाँटी खसखस हुने, टाउको दुख्ने, रुघाखोकी लाग्ने तत्कालीन असर हो । पहिलादेखि नै दमका औषधि खाँदै आएकाहरुलाई पनि तत्काल असर देखिन सक्छ ।

यसैगरी, दीर्घकालीन रुपमा मुटुको समस्या, स्नायु प्रणालीमा समस्या हुने र कतिपयमा क्यान्सरसमेत हुन सक्छ ।
वायु प्रदूषण धेरै भएको बेला सकेसम्म घर बाहिर ननिस्कन विज्ञहरुले आग्रह गर्दै आएका छन् । तर दैनिकी चलाउनका लागि घरबाट बाहिर ननिस्कन सम्भव अवश्य हुँदैन ।

घर बाहिर निस्कँदा विभिन्न खालका सावधानी अपनाउनुपर्ने हुन्छ । जस्तै स् मास्क लगाउने । मास्क पनि शतप्रतिशत नै सुरक्षित हुँदैन । तर मास्कले केही हदसम्म भए पनि प्रदूषणका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट जोगाउँछ । अझ दीर्घरोगी, दमका समस्या भएकाहरुले भने मास्क नलगाई नहुने स्वास्थ्य विज्ञको सुझाव रहेको छ ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्