केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हेल्प नेपालले राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जित्न सफल

सहयात्रा टिभी

काठमाडौं । चैत्र २६, हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि जितेको छ ।

बिहीबार आयोजना भएको फाइनल खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो भने गत माघमा भएको क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपालले नै उपाधि जितेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विनितकुमारसहित ३ भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले एपीएफलाई २५–१४, २५–२०, २५–२२ को सोझो सेटमा पराजित गरेको हो । हेल्प नेपालले उपाधिसंगै नगद ३ लाख रुपैयाँ पाएको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित : 8 April, 2021

प्रतिक्रिया दिनुहोस्